आज २ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैँक

डिसी नेपाल
५ फागुन २०७६ ९:४४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबार दुई अर्ब रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट यो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ।

ट्रेजरी बिल आउँदो जेठ ६ गते परिपक्व हुनेछ। बैंकले यसअघि माघ २७ गते १० करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *