स्वर्गीय केशव भट्टराईको परिवारलाई ‘आमा’ निर्मात्रीको १ लाख सहयोग
काठमाडौं। चलचित्र ‘आमा’की निर्मात्री शर्मीला पाण्डेले तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता स्वर्गीय केशव भट्टराईको परिवारलाई आर्थिक सहयोग गरेकी छिन्।
आइतबार ‘आमा’का निर्देशक दीपेन्द्र के. खनाल, कलाकार मिथिला शर्मा, सुरक्षा पन्त लगायतको उपस्थितिमा निर्मात्री पाण्डेले केशवकी पत्नी नीता भट्टराईलाई नगद १ लाख १ हजार रुपैयाँ सहयोग गरेकी हुन्।
भट्टराईको निधनपछि उनको परिवार आर्थिक समस्यामा रहेको जानकारी पाएपछि आफूले सहयोग गरेको निर्मात्री पाण्डेले बताइन्। ‘म पनि एउटी आमा हुँ, त्यसैले आमाको मर्म वुझेकी छु,’ नगद हस्तान्तरण गर्दै पाण्डेले भनिन्।
आमा र छोरीबीचको भावनात्मक सम्बन्धको कथामा बनेको चलचित्र ‘आमा’ आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment