आज घट्यो कि बढ्यो सुन ?

डिसी नेपाल
५ फागुन २०७६ १२:१०

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार सुनको भाउ स्थिर रहेको छ । सोमबार तोलामा ६ सय रुपैयाँ बढेको सुन आज स्थिर छ ।

आज छापावाल सुन प्रतितोला ७६ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *