‘ए मेरो हजुर ४’को सुटिङअगावै प्रदर्शन मिति तय

डिसी नेपाल
५ फागुन २०७६ १२:५०

काठमाडौं। चलचित्र ‘ए मेरो हजुर ४’को सुटिङ केही दिनमा शुरु हुँदैछ। यद्यपी निर्माण टिमले चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिसकेको छ।

चलचित्र आउँदो वर्षको दशैंमा प्रदर्शनमा आउने भएको छ। दशैंको अवसर पारि कार्तिकको ७ गतेदेखि चलचित्र प्रदर्शनमा आउने निर्माता सुनिलकुमार थापाले जानकारी दिए।

झरना थापा निर्देशन गर्ने चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहनेछ। अनमोल र सुहानाले तेस्रो शृङ्खलामा जोडी बाँधेका थिए। जसलाई दर्शकले निकै रुचाएका थिए।

सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्र केही दिनपछि छायांकनमा जाँदैछ। नेपाल, ओमान र हल्याण्डमा चलचित्र खिचिने बताईएको छ। चलचित्रमा सलोन वस्नेतको पनि शीर्ष भूमिका रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *