नेकपाप्रति जनताको मोह भंग भयो : महामन्त्री कोइराला

डिसी नेपाल
५ फागुन २०७६ १९:५५

सोलुखुम्बु। सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा नेकपा लगायत अन्य पार्टी परित्याग गरी सयौं स्थानीयहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन्।नेपाली काँग्रेसको थुलुङ दूधकोशी गाउँपालिका कार्यसमितिले मुक्लीस्थित गाउपालिका प्राङ्गणमा आयोजना गरेको खुलासभामा उनिहरु कांग्रेसमा प्रबेश गरेका हुन्।

नवप्रबेशिहरुलाई काँग्रेस महामन्त्री शशाङ्क कोइरालाले पार्टिमा स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले बर्तमान सरकार र नेकपासँग नागरिकहरुको आशा र बिश्वाश समाप्त भइसकेकोले देशैभरी काँग्रेसप्रति जनआकर्षण बढेको बताए।

कोइरालाले कम्युनिष्टहरुबाट देशको बिकास असम्भब रहेकोले नेपाली काँग्रेसलाई एकजुट बनाउँदै अब देश निर्माणमा जुट्नुपर्ने समय आएकोमा जोड दिए।

डा कोइरालाले नेपालमा कृषि, पर्यटन , र जलबिद्युत लगायतको अथाह सम्भावना हुँदाहुँदै राष्ट्र गरीब रहनु दुःखद् भएको समेत उल्लेख गरे।

महामन्त्री कोइरालाले कृषिको ब्यबसायिक बिस्तार गरेर नागरिकहरुको जनजिबिकाको उत्थान गर्न जरुरी रहेकोमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *