गायक प्रकाश कटुवाल पक्राउ, घाइतेको अवस्था गम्भीर

डिसी नेपाल
६ फागुन २०७६ ९:१६

काठमाडौं । लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । तनहुँको डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको आरोपमा गायक कटुवाल पक्राउ परेका हुन् ।

गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ।

गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिप्रका तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयमा कार्यसत प्रहरी सहायन निरीक्षक (असई) टिकाराम पोखरेलले डिसी नेपाललाई बताए।

हाल होटल सञ्चालक गुरुङको गम्भीर अवस्थामा काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *