मदनसँग आश्रितको नाम जोड्ने प्रस्तावमा नेकपाकै सांसदहरुको आपत्ति

डिसी नेपाल
६ फागुन २०७६ १०:५५

काठमाडौं। मदन भण्डारी र जीवराज आश्रितको नाम एक अर्काको परिपूरक जस्तै लाग्छ। मदन भण्डारी महासचिव हुँदा जिवराज आश्रित पार्टीको संगठन विभाग प्रमुख थिए। उनीहरु दुवैको पार्टीको कामको सिलसिलमा पोखरा जाने क्रममा २०५० साल जेठ तीन गने चितवनको दास ढुंगामा सवारी दुर्घटनमा परी निधन भएको थियो।

त्यही दुर्घटनामा परी निधन भएका तत्कालीन एमालेका महासचिव मदन भण्डारीको नाममा विश्वविद्यालय बनाउने तयारी भइरहेको छ। ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापनासम्बन्धी विधेयक २०७६’ माथि संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा दफावार छलफल चलिरहेको छ।

छलफलकै क्रममा समिति सदस्य एवं नेकपा सांसद मेटमणि चौधरीले मदन भण्डारी विश्वविद्यालयलाई मदन–आश्रित विश्वविद्यालय बनाउन संशोधन प्रस्ताव दर्ता गरे। सांसद चौधरीले मदन भण्डारीको व्यक्तित्व निर्माणमा जीवराज आश्रितको ठूलो भूमिका रहेको भन्दै दुवै नेताको नाममा विश्वविद्यालय बनाउनु पर्ने माग गरे।

तर नेकपा कै सांसदहरुले उनको प्रस्तावको विरोध गरे। उनीहरुले मदन भण्डारीको नामसँग आश्रितको नाम मिसाउनु भन्दा जीवराज आश्रितको नाममा छुट्टै विश्वविद्यालय बनाउनु पर्ने तर मदन भण्डारीसँग आश्रितको नाम जोड्न नहुने अडान राखेका छन्।

उनीहरुले मदन भण्डारीको नामसँग आश्रितको नाम मिसाउनु भन्दा जीवराज आश्रितको नाममा छुट्टै विश्वविद्यालय बनाउनु पर्ने तर मदन भण्डारीसँग आश्रितको नाम जोड्न नहुने अडान राखेका छन्।

‘जीवराज आश्रित नभएको भए मदन भण्डारी यो ठाउँमा पुग्नु हुन्न थियो। तर विश्वविद्यालय बनाउँदा एउटा व्यक्तिको मात्र गुणगान गाउने कुरा ठिक होइन। सँगै मृत्यु भएका अर्का नेतालाई मिनिमाइज गरेर एक जनाको मात्र गुणगान गाउने काम ठिक भएन,’ संशोधनकर्ता सांसद मेटमणि चौधरीले डिसी नेपालसँग भने, ‘मदन–आश्रितको नाममा विश्वविद्यालयको नाम राख्नुपर्छ भन्दा हाम्रै पार्टीका सांसदले विरोध गर्नु भयो।’

सांसद चौधरीले पार्टीमा उत्तिकै योगदान दिएका र संगठन निर्माणकै क्रममा निधन भएका एक नेतालाई यसरी अवमूल्यन गर्न नहुने अडान राखेपछि समितिभित्र केही नेकपा सांसदहरुले जीवराज आश्रितको नाममा अर्को विश्वविद्यालय बनाउनु पर्ने तर मदन भण्डारीको नाममा आश्रितको नाम जोड्न नहुने अडान राखेका थिए।
‘समिति बैठकमा केही सदस्यले चाकडीको हद पार गर्नु भयो,’ नाम उल्लेख नगर्ने शर्तमा एक सदस्यले भने, ‘यहाँहरुले मदन भण्डारीको नामको गुणगान गाएर राष्ट्रपतिलाई खुशी पार्न खोजेको देखियो।’

विशेष गरी मदन भण्डारी विश्वविद्यालयको नाममा जीवराज आश्रितको नाम जोड्न नहुने बरु आश्रितको नाममा छुट्टै विश्वविद्यालय बनाउनु पर्नेमा नेकपा सांसद सरिता न्यौपाने तथा मनकुमारी जिसीलगायतले अडान लिएको स्रोतले जनायो।

समिति सदस्य सरिता न्यौपानेले भने कसैले पनि जीवराज आश्रितको नामको विरोध गरेको नभइ आश्रितको नाममा छुट्टै विश्वविद्यालय बनाउँदा उचित हुने राय दिएको बताइन्। ‘अहिले मदन भण्डारी विश्वविद्यालयको काम अगाडि बढिसकेको छ, यस्तो अवस्थामा उहाँकै नाम राखेर विश्वविद्यालय बनायौं, आश्रितको नाममा फेरि अर्को विश्वविद्यालय बनाउन सकिन्छ भन्ने आशय हो,’ न्यौपानेले भनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *