के कोरोनाको औषधी भेटियो ? चीनमा हजारौं बिरामी ठिक भएर घर फर्किए

डिसी नेपाल
६ फागुन २०७६ १२:२९

काठमाडौं। चीनमा कोरोनाभाइरसको संक्रमणका कारण १८०० भन्दा धेरैको ज्यान गइकेको छ । चीन लगातार यो भाइरसको औषधी खोज्न लागिपरेको छ । यही बीच चीनबाट सुखद खबर पनि आएको छ । कोरोनाभाइरसबाट संक्रमित करिब १० हजार ८४४ बिरामीलाई सफल उपचारपछि घर पठाइएको छ ।

चीनको समाचार एजेन्सी सिन्ह्वाका अनुसार त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले आफ्नो रिपोर्टमा देशभित्र ७० हजारभन्दा धेरै कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको उल्लेख गरेको छ । पछिल्ला केही दिनदेखि चीनमा कोरोना भाइरसका संक्रमितको संख्या घट्दै गएको छ । संक्रमितको संख्या घट्दै गएपनि मृत्यु हुनेको संख्या भने उस्तै छ ।

चीनमा हिजो सोमबार मात्रै ९८ जनाको ज्यान गएको छ । यसमध्य हुबेई प्रान्तका मात्रै ९३ जना रहेको छन् । आइतबार चीनमा कोरोना भाइरसको संक्रमणबाट १०० जनाको ज्यान गएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *