शाहरुख खानकी कावेरी आमाको निधन

डिसी नेपाल
७ फागुन २०७६ १०:४०

काठमाडौँ । बलिउडका नायक शाहरुख खानकी कावेरी आमाको निधन भएको छ ।

बलिउडकी कलाकार किशोरी बलालको मंगलबार राति भारतको बेंगलुरुको एक अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विभिन्न चलचित्रमा महत्वपूर्ण भूमिका निभाएकी बलालले सन् २००४ मा प्रदर्शन भएको बलिउड नायक शाहरुख खानको चलचित्र स्वदेशमा कावेरी आमाको भूमिका निर्वाह गरेकी थिइन्।

उक्त चलचित्रमा उनको भूमिकाको निकै चर्चा भएको थियो। त्यसपछि उनी भारतमा कावेरी आमाको उपनामले पनि परिचित छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *