आकाश र पूजाको ‘सम्झना बिर्सना’को प्रदर्शन मिति तय

डिसी नेपाल
७ फागुन २०७६ १२:११

काठमाडौं। आकाश श्रेष्ठ र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘सम्झना बिर्सना’को प्रदर्शन मिति तय गरिएको छ। चलचित्र आगामी वर्ष जेठ २ गतेदेखि प्रदर्शन हुने भएको हो।

चलचित्रको रोमान्टिक पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले जेठ २ लाई प्रदर्शन मिति तोकेको हो।

सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार आकाश र पूजाको जोडीलाई रोमान्टिक मुडमा देखाईएको छ। ‘सम्झना बिर्सना’लाई निमेष प्रधानले निर्देशन गरेका हुन्। चलचित्रमा आकाश र पूजाका साथमा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङ लगायतका कलाकारको पनि अभिनय छ।

चलचित्रको कथा र पटकथा निर्देशक प्रधानले नै लेखेका हुन्। आदित्य फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा आदित्य प्रधान र रेविका प्रधान छन्।

भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किममा छायाँकन भएको चलचित्रलाई शिव ढकालले खिचेका हुन्। चलचित्र सम्पादनको जिम्मेवारी तारा थापा ‘किम्भे’ले लिएका छन्।

‘सम्झना बिर्सना’मा आकाश र पूजाले चौथोपटक जोडी बाँधेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *