करोड–करोड भन्ने मनोज गजुरेलले संचारमन्त्रीको ७० करोडको विषयमा दिए दनक

डिसी नेपाल
८ फागुन २०७६ ११:०४

काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी विरोध भएको छ । समाचार बाहिरिएसँगै हास्यकलाकार मनोज गजुरेलले समेत यस विषयमा प्रतिक्रिया दिएका छन् ।

हाल रियालिटी शो ‘कमेडी च्याम्पियन्स’का जज रहेका उनले कमेडियनको पन्चलाइन राम्रो भएमा करोडको पन्चलाइन भन्ने गरेका थिए । उनले कमेडी च्याम्पियनमा यसरी करोड करोड भनिरहँदा संचारमन्त्रीले ७० करोड मागेको अडियो बाहिरिएपछि धेरैले यस विषयमा गजुरेल र संचारमन्त्रीलाई जोडेर सामाजिक संजालमा मिमहरु बनाइएका छन् ।

गजुरेलले ट्वीटरमा लेखेका छन् ‘करोड(करोड भन्नी तर सुको नदिनी’ भन्थ्यौ नि गाईज् । लिनी तरिका सिक क्या मन्त्रीज्यूबाट । उहाँको कमिसनको कन्टेन्टमा जोक थिएन । ‘मुख्य जिम्मेवार’ भन्ने ‘पञ्चलाईन’ पनि बिजोग थियो । तर, त्यही लार्ईनबाट झण्डै सत्तरी करोड हान्दिए । ह्याशट्याग राजिनामा देउ, अनुसन्धानलाई सघाउ, सरकार बचाउ ।’ उक्त अडियो सहितको समाचार सार्बजनिक भएपछि मन्त्री बास्कोटा, नेकपा र सरकारको भने अहिलेसम्म आधिकारीक रुपमा कुनै धारणा बाहिर आएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *