ओस्कार विजेता हलिउड निर्माताकी छोरी पोर्नस्टार बनिन्

डिसी नेपाल
९ फागुन २०७६ १०:२७

काठमाडौं। हलिउडका चर्चित निर्माता स्टिभ स्पिलबर्गकी छोरी मिकेलाले आफू पोर्नस्टार बनेको खुलासा गरेर सनसनी मच्चाएकी छिन् । २३ वर्षकी मिकेलाले हालै एक अन्तरवार्तामा यस्तो खुलासा गरेकी हुन् । द सनको रिपोर्टअनुसार मिकेलाले अन्तरवार्तामा आफैंले आफ्नो सोलो पोर्न भिडियो बनाउन यअघि नै सुरु गरिसकेको बताएकी छिन् ।

मिकेलाका अनुसार उनका अभिभावकले पनि उनको पोर्न उद्योगमा जाने निर्णयको समर्थन गरेका छन् । उनले सामाजिक संजालमार्फत पनि आफ्ना फलोअरलाई आफ्नो निर्णयबारे जानकारी गराएकी छिन् । उनले आफू आर्थिक रुपमा स्वतन्त्र हुनको लागि आफ्नो करिअरमा ध्यान दिन चाहेको बताएकी थिइन् । उनका पिता स्टिभल हलिउडका निर्माता, निर्देशक र स्क्रिप्ट लेखक हुन् । उनले जरासिक पार्क, इण्डियाना जोन्स, लिंकन, शिंडलर्स लिस्ट जस्ता सुपरहिट फिल्म बनाइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *