कोरोना भाइरसबाट शुक्रबार मात्रै ११० जनाको मृत्यु, चीनमा मात्रै ७६ हजारबढी संक्रमित

डिसी नेपाल
१० फागुन २०७६ ८:०१

काठमाडौँ । केही समयदेखि महामारिकै रुप लिएको कोरोना भाइरसबाट शुक्रबार मात्रै एक सय दश जनाको ज्यान गएको छ । शनिबार चीनमा १०९ तथा इटलीमा एक जनाको ज्यान गएको हो ।

हालसम्म चीनमा ज्यान गुमाउनेको संख्या २ हजार ३ सय ४५ पुगेको छ ।

शनिबार बिहानसम्म चीनमा ७६ हजार २ सय ८८ जना संक्रमित भएका छन् । शनिबार ३ सय ९७ जना मात्रै संक्रमित भेट्टिएका छन् ।

पछिल्लो समय चीनमा दैनिक संक्रमितको संख्या घट्दैगएपनि चीनबाहिर भने संक्रमितको संख्या बढ्दै गएको छ ।

चीन बाहिर जापान, दक्षिण कोरिया र इटलीमा कारोना संक्रमितको संख्या निकै बढेको छ ।

हालसम्म जापानमा ६१३ जना संक्रमित भएका छन् भने २ जनाको ज्यान गएको छ ।

त्यस्तै दक्षिण कोरियामा हालसम्म ८२ जनामा कोरोना जीवाणुको सङ्क्रमण देखिएको छ ।

दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह गरेका छन्।

यसअघि हङकङ र फिलिपिन्समा पनि कोरोना भाइरसबाट एक/एक जनाको ज्यान गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *