मल र विषादी छर्न ‘ड्रोन’ प्रयोग गरिँदै

डिसी नेपाल
११ फागुन २०७६ १०:०३

तुलसीपुर । अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ।

प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा राखेको छ।

आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नं ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले जानकारी दिए ।

“हामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौँ, हामीले अहिले मल र विषादी छर्नका लागि ड्रोन भित्र्याएका छौँ”, उनले भने, “यसले किसानलाई धेरै सहजता ल्याउँछ।”

ड्रोनबाट मल तथा विषादी छर्ने प्रविधि सबै किसानको घरमा पुर्याउने मन्त्रालयले योजना बनाएको जनाइएको छ।

एक्स्पोमा प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु पनि राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *