‘पर्खी बसे फर्की आउँछु’मा प्रेम परियारको अभिनय र गायन, शीर्ष गीत रेकर्डिङ

डिसी नेपाल
११ फागुन २०७६ १२:३९

काठमाडौं। प्रेम परियार अब गायक मात्र रहेनन्। उनले चलचित्रमा अभिनय गरिसकेका छन्।

‘नाई नभन्नु ल २’ मा समावेश ‘यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ’, ‘मर्ने कसैलाई रहर हुँदैन’बोलको गीतबाट सुपरिचित प्रेमले ‘पर्खी बसे फर्की आउँछु’मा अभिनेताका रुपमा काम गरेका हुन्।

यो चलचित्रको हालै शीर्ष गीत रेकर्डिङ गरिएको छ। सुन्दर पन्तको शब्द, बसन्त सापकोटाको संगीतमा प्रेम परियार र सबनम आचार्यले गीतमा आवाज दिएका छन्।

राजबहादुर सानेको निर्देशनमा बनेको ‘पर्खी बसे फर्की आउँछु’मा प्रेमका साथमा समीक्षा बस्नेत, देव सागर, पदम तामाङ, सुशील गौतम, सुशील पोखरेल, हिउँवाला गौतम, दीपक थापा, शुभम गौतम, डा.लोकराज पराजुली, हेमराज बीसीलगायतका कलाकारको अभिनय छ।

अपांगता भएकी युवतीको रहर र जीवन संघर्षको कथा चलचित्रले बोल्नेछ। रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा खेमराज विक कार्यकारी निर्माता रहेका छन्। यमकान्त भण्डारी निर्माता र एकराज थापा सह–निर्माता रहेको चलचित्र लभस्टोरी जनरामा बनेको हो।

चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहेको छ भने वसन्त सापकोटासंगै एलिस कार्की, कृष्ण भारद्वाज र कर्साङ लामाको पनि संगीत रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *