‘आमा’को बलियो वर्ड अफ माउथ

डिसी नेपाल
११ फागुन २०७६ १३:०२

काठमाडौं। चलचित्र ‘आमा’ले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ। चलचित्र हेरेर हलबाट निस्कदै गरेका अधिकांश दर्शकले यसको कथावस्तु, कलाकारको अभिनय र प्रस्तुतीको प्रशंसा गरेका छन्। अधिकांशले चलचित्रले निकै छोएको प्रतिक्रिया दिएका छन्। चलचित्रले आफूलाई भावुक बनाएको उनीहरुको भनाई छ।

‘आमा’हेरेका चलचित्रकर्मीहरुले पनि सामाजिक सञ्चालमा खुलेरै प्रशंशा गरेका छन्। चलचित्र हेर्न युवा वर्गका दर्शकहरु आमालाई साथ लिएर हल पुग्ने गरेका छन्। चलचित्र हेर्न हलमा नयाँ दर्शक बढी देखिएको वितरक करण क्रेजी बताउँछन्।

दर्शकबाट उत्कृष्ट प्रतिक्रिया आएपछि निर्माण टीम दंग देखिएको छ। निर्देशक दीपेन्द्र के खनाल भन्छन्, –‘मैले जे कुरा सोँचेर चलचित्र बनाएको थिएँ, दर्शकलाई ती कुराले कनेक्ट गरेको पाए। कतिपय मैले भावमा भन्न खोजेका कुरालाई पनि दर्शकले राम्रोसँग वुझ्नुभएको छ।’

नायिका सुरक्षा पन्तले दर्शक रुवाएकोमा दुःख लागेपनि मनदेखि नै दर्शक रोएको देख्दा खुःशी पनि लागेको सुनाइन्।

निर्मात्री, शर्मिला पाण्डेले ‘आमा’ जस्तो चलचित्र अब आफूले बनाउन नसक्ने बताइन्।

आमा र छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गरेको चलचित्रमा सुरक्षाका अलावा मिथिला शर्मा, सरिता गिरी, देशभक्त खनाल लगायतको शीर्ष भूमिका छ। चलचित्रको वर्ड अफ माउथ राम्रो छ। त्यसैले, पनि चलचित्र लामो समयसम्म चल्ने अपेक्षा निर्माण टिमको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *