सानो देशकी मोडल मेलानिया कसरी बनिन् सुपरपावर अमेरिकाकी फर्स्ट लेडी ?

डिसी नेपाल
१२ फागुन २०७६ १०:५८

काठमाडौं। संसारको सबैभन्दा शक्तिशाली व्यक्ति मानिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया आज दुई दिने भ्रमणका लागि भारत आउँदैछन् । उनीहरु पहिले अहमदाबाद जानेछन् त्यसपछि दिल्ली जानेछन् । ट्रम्पको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । यतिमात्र होइन अमेरिकाकी फर्स्ट लेडी मेलानिया ट्रम्प करी यति शक्तिशाली स्थानसम्म पुगिन् भन्ने विषयमा पनि धेरैको चासो छ । सानो देशकी मोडलबाट अमेरिकाकी फर्स्ट लेडी बन्दासम्मको मेलानियाको सफर निकै रोचक छ ।

मेलानिया डोनाल्ड ट्रम्पकी तेस्री पत्नी हुन् । उनको जन्म १९७० मा स्लोभानियाकमा भएको थियो । मेलानिया स्लोभेनियामा रहँदा मोडल थिइन् । उनले १६ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी थिइन् । मेलानियाले डोनाल्ड ट्रम्पसँग १९९८ मा न्यूयोर्कमा एक फेशन विक पार्टीको क्रममा भेटेकी थिइन् । त्यतिबेला ट्रम्प राजनीतिमा थिएनन् र रियलस्टेटका ठूला व्यवसायीका रुपमा चिनिन्थे । फेशन विकको क्रममा टाइम्स स्क्वायरको किट क्याट क्लवमा पार्टी थियो । यहीँ ट्रम्प र मेलानियाले पहिलोपटक भेटेका थिए ।

मेलानियासँग भेट हुँदा ट्रम्पको दोस्रो विवाह पनि भइसकेको थियो । त्यतिबेला उनी दोस्री पत्नी मारला मेपलसँग सम्बन्धविच्छेदको तयारीमा थिए । त्यतिबेला डोनाल्ड ट्रम्प ५२ वर्षका थिए र मेलानिया २८ वर्षकी थिइन् । यही पार्टीमा यी दुईले नम्बर आदानप्रदान गरेका थिए । जानकारीका अनुसार भेटको एक हप्तापछि उनीहरुको पहिलो डेटिङ भएको थियो । यो त्यो समय थियो जतिबेला मेलानिया र ट्रम्पको रोमान्स पूरै अमेरिकामा चर्चाको विषय बन्थ्यो ।

ट्रम्प र मेलानियाले ५ वर्षको प्रेम सम्बन्धपछि विवाह गरेका थिए । यी दुईले २००४ मा इंगेजमेन्ट गरेर २००५ मा विवाह गरेका थिए । इंगेजमेन्टका क्रममा ट्रम्पले आफ्नो सफलतामा मेलानियाको पनि हात भएको बताएका थिए । रिपोर्टका अनुसार ट्रम्पले मेलानियालाई बिहेको प्रस्ताव गर्दा १.५ मिलियन डलरको हीराको औंठी लगाइदिएका थिए ।

२००५ मा ट्रम्प र मेलानियाको बिहे भयो । यो बिहे पाम बीचमा भएको थियो । यो बिहेमा कैयौं ठूला हस्तीहरु पुगेका थिए । अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन र हिलारी क्लिन्टन पनि यो बिहेमा सहभागी भएका थिए । २००६ मा मेलानियाले अमेरिकाको नागरिकता पाइन् र उनले छोरा जन्माइन् । अमेरिका गएको ५ वर्षपछि २००१ मा मेलानियाले अमेरिकाको ग्रन कार्ड पाएकी थिइन् । बिहेपछि उनले नागरिकता पाएकी थिइन् ।

यसअघि मेलानिया त्यतिबेला पनि चर्चामा आएकी थिइन् जब न्यूयोर्क पोस्टले उनका केही तस्वीर छापेको थियो । त्यतिबेला ट्रम्पका सन्तान इवांका र डोनाल्ड जुनियर सानै थिए । एक अन्तरवार्तामा मेलानियाले आफूलाई इवांकाकी आमा नभइ साथीको रुपमा हेर्ने बताएकी थिइन् । मेलानिया र डोनाल्ड ट्रम्पका छोराको नाम बेरन ट्रम्प हो । २०१६ मा ट्रम्प अमेरिकाका ४५ औं राष्ट्रपति बने र मेलानिया अमेरिकाकी फर्स्ट लेडी बनिन् । ट्रम्पले सत्ता सम्हालेपछि २३ देशको भ्रमण गरे । भारत दक्षिण एसियाको दोस्रो देश हो जहाँको भ्रमणमा ट्रम्प र मेलानिया आउँदैछन् ।

मेलानिया ट्रम्प विश्वभर आफ्नो सुन्दरताको कारण पनि चर्चामा रहन्छिन् । उनलाई गुगलमा पनि निकै सर्च गरिन्छ । डोनाल्ड ट्रम्पले सबैभन्दा पहिले इभानासँग बिहे गरेका थिए । यी दुईका तीन सन्तान छन् । इभानासँग सम्बन्धविच्छेद भएपछि ट्रम्पले मारला म्यापल्ससँग बिहे गरेका थिए । उनीबाट ट्रम्पकी एक छोरी टिफनी ट्रम्प छिन् । उनीसँग पनि सम्बन्धविच्छेद गरेपछि ट्रम्पले मेलानियासँग बिहे गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *