म्याच फिक्सिंगका कारण ओमानका क्रिकेटरलाई सात बर्षको लागि प्रतिबन्धित
काठमाडौं। अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ओमानका क्रिकेटर युसुफ अब्दुल रहीम अल बलुशीलाई म्याच फिक्सिंग प्रयासमा संलग्न भएको कारण सात बर्ष सम्म सबै प्रकारको क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाएको छ।
बालुशीले आईसीसी भ्रष्टाचारको चार कोडहरु उल्लंघन गरेको आरोप स्वीकारेका छन। यी सबै आरोपहरू २०१९ मा युएईमा खेलिएको आईसीसी पुरुषको टी २० विश्वकप क्वालिफायरमा भएको खेलहरु संग सम्बन्धित रहेको आईसिसीले जनाएको छ ।
आईसीसीको अनुसार अल बलुशीले भ्रष्टाचार रोकथाम संहिताको धारा २.१.१ लाई उलंघन गरेको छन। यस बाहेक उनले भ्रष्ट गतिविधिहरु सँग सम्बन्धित धारा २.१.४, धारा २.४.४ र धारा २.४.७ लाई पनि उल्लंघन गरेको कारण प्रतिबन्धमा परेको आईसिसी ले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment