लागुऔषध नियन्त्रणमा पहल

डिसी नेपाल
१२ फागुन २०७६ १९:०३

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मुख्य प्रवेशद्वार आँबुखैरेनीमा मुख्य समस्याका रुपमा रहेको लागुऔषध दुव्र्यसनी रोकथामका लागि प्रहरीले सचेतना कार्यक्रम अगाडि बढाएको छ । राजमार्ग हुँदै लागुऔषध ओसारपसार गर्नेको सङ्ख्या बढ्न थालेको र त्यसले समाजमा नकारात्मक असर पर्ने गरेको भन्दै इलाका प्रहरी कार्यालय आँबुखैरेनीले यसविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत लागुऔषधविरुद्ध प्रचारप्रसार तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए । अभियानअन्तर्गत सोमबार आँबुखैरेनी गाउँपालिकाको सभाहलमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, विद्यालयका प्रधानाध्यापक, सर्वसाधारण लगायतको उपस्थितिमा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रहरी निरीक्षक सुवेदीले लागुऔषध दुव्र्यसनी, यसको असर, कारण तथा लागुऔषधसम्बन्धी कानूनी व्यवस्था र गाउँपालिकामा लागुऔषधको वर्तमान अवस्थाका बारेमा जानकारी गराए । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले लागुऔषध नियन्त्रणका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेकामा जोड जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *