नेपालीका गुरुहरुलाई प्रज्ञा प्रतिष्ठानको प्रशिक्षण

डिसी नेपाल
१३ फागुन २०७६ १:३०

डिसी नेपाल

काठमाडौ। पूर्वका तीन पहाडी जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम र पाँचथरका नेपाली शिक्षकहरुलाई शुद्ध नेपाली लेखाइबारे प्रशिक्षण दिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानकाे आयाेजना र तेह्रथुम बहुमुखी क्याम्पसकाे व्यवस्थापनमा तेह्रथुममा सोमवार सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले मानक नेपाली भाषाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कुलपति गङ्गाप्रसाद उप्रेती मुख्य व्यक्तित्व रहेको सो कार्यक्रमको सभापतित्व क्याम्पस प्रमुख नीलम खरेलले गरेका थिए ।

नेपाली वर्णविन्यासकाे मानकीकरणसम्बन्धी गाेष्ठी पत्रकाे प्रस्तुति गर्दै प्राज्ञ प्रा.डा. हेमनाथ पाैडेलले नेपाली शिक्षकहरुलाई कक्षाकोठामा भाषा शिक्षणमा मानक भाषाको प्रयोगमा एकरूपताको आवश्यकता रहेको बताएका थिए । यसैगरी कविताकाे सृजनात्मक लेखनसम्बन्धी प्रस्तुति प्राज्ञ डा. देवी नेपालले गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *