मुलुक समृद्धिको यात्रामा अघि बढेको छ : मुख्यमन्त्री पोखरेल

डिसी नेपाल
१२ फागुन २०७६ २०:४४

दाङ । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलक समृद्धिको यात्रामा अघि बढेको बताएका छन् । प्रदेश ५ सरकारले आफ्नो स्थापना दिवसको अवसरमा दाङको बेलझुण्डीमा आयोजना गरेको प्रदेश एक्स्पोको सोमबार समापन समारोहमा उनले मुलुकलाई समृद्ध बनाउन जनताले पनि साथ दिनुपर्ने बताए।

मुख्यमन्त्री पोखरेलले प्रदेश एक्स्पोले नागरिकलाई स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग जोड्न तथा सरकार र नागरिकबीच कडीका रुपमा काम गर्न सफल भएको बताए । प्रदेशको पहिचान, संस्कृति र सम्भावनालाई पनि एक्स्पोले झल्काएको उनको भनाइ थियो । मुख्यमन्त्रीले स्टलमा प्रदेशभित्र उत्पादन हुने कृषिजन्य वस्तुहरुको बजारीकरणमा देखिएको समस्या समाधान गर्नेतर्फ प्रदेश सरकार तत्पर रहेको बताए।

गत शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा प्रदेशका सबै जिल्लाका विशेषता तथा पहिचानसँग जोडिएका सामग्री स्टलमा राखिएका थिए । सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा सचेतनामूलक नाटक पनि प्रस्तुत गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *