‘कलाकारको मायाले दर्शक दुई दिन हल आउलान, बाँकी त चलचित्रमा भर पर्छ’

डिसी नेपाल
१३ फागुन २०७६ १३:४८

काठमाडौं। लेखक, निर्माता तथा कलाकार दीपकराज गिरीले कलाकार भनेर दर्शक हलमा आउने २ दिन मात्र भएको प्रतिक्रिया दिएका छन्।

उनले चलचित्र चल्न चलचित्र नै राम्रो हुनुपर्ने बताएका हुन्। उनी भन्छन्, ‘कलाकारलाई माया गरेर दर्शक २ दिनसम्म हल आउलान्, त्यसपछि दर्शक तान्न चलचित्र नै राम्रो हुनुपर्छ।’

सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को विशेष शोमा पुगेका दीपकराजले यस्तो बताएका हुन्। दीपकराजले जुनसुकै कलाकारको प्रसंगमा हलमा चलचित्र टिक्न चलचित्र नै राम्रो हुनुपर्ने बताए।

उनले शुक्रबार र शनिबार ‘सेन्टी भाइरस’ हेर्न हलमा देखिएको दर्शकको चापलाई ‘धुर्मुस–सुन्तली’प्रति दर्शकले देखाएको माया भएको बताउँदै भने, ‘अब चाँही चलचित्रमा भर पर्छ।’

रामबाबु गुरुङ निर्देशित ‘सेन्टी भाइरस’ले प्रदर्शनको पहिलो दिन शुक्रबार र दोस्रो दिन शनिबार आकर्षक व्यापार गरेको थियो। आईतबारदेखि भने दर्शकको फ्लो केही घटेको छ। कमजोर समीक्षा र कमजोर माउथ पब्लिसिटीलाई त्यसको कारण मानिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *