टी २० महिला विश्वकपमा हेदर नाइटको अनौठो विश्व रेर्कड

डिसी नेपाल
१४ फागुन २०७६ १४:३३

काठमाडौं। अन्तर्राष्ट्रिय पुरुष क्रिकेटको तीन वटै ढाँचामा विश्वका धेरै खेलाडीहरूले आश्चर्यजनक काम गरेका छन्। सन २००७ मा नै वेस्टइंडीज टोलीका ब्याट्सम्यान क्रिस गेलले शतक बनाएर विश्वरेर्कड कायम गरेका थिए ।

उनी विश्वकै पहिलो जसले तीनै ढाँचामा टेस्ट, एकदिवसीय र टी २० अन्तर्राष्ट्रिय शतक बनाउने खेलाडी बनेका थिए। पछि अरू धेरै खेलाडीहरूले पनि यो माइलस्टोन गरेका छन् तर महिला क्रिकेटमा अन्तर्राष्ट्रिय क्रिकेटको तीनै ढाँचामा कुनै खेलाडीले शतक बनाएका यो पहिलो पटक हो।

अष्ट्रेलियामा भइरहेको आईसीसी महिला टी २० विश्वकपको लिग खेलमा ईङल्यान्डका कप्तान हेदर नाइटले थाईल्यान्डकी महिला टीम बिरूद्ध शतक प्रहार गरेकी छिन। यससँगै, उनी अन्तर्राष्ट्रिय क्रिकेटको टेस्ट, एकदिवसीय र टी २० को सबै स्वरूपमा शतक प्रहार गर्ने पहिलो महिला खेलाडी बन्न सफल भएकी छिन्।

यो सतकसँगै हेदर नाइटले अन्तर्राष्ट्रिय क्रिकेटको ईतिहासमा विशाल रेर्कड कायम गर्न सफल भएकी छिन्। जुन अब आउने दिनहरुमा बिरलै हेर्न पाइनेछन्। हेदर नाइटले २०१३ मा अष्ट्रेलियाको बिरूद्ध टेस्ट शतक र २०१७ मा पाकिस्तान बिरूद्ध एकदिवसीय शतक प्रहार गरेकी थिइन्।

बुधबार भएको खेलमा थाईल्यान्डले टस जितेर ईङल्यान्ड लाई ब्याटिङ गर्ने निम्तो दिएको थियो। चौथो नम्बरमा ब्याटिङ गर्न आएकी कप्तान हेदर नाइटले ६६ बलमा १३ चौका र ४ छक्काको मद्दतले १०८ रन प्रहार गरेकी थिईन र सो खेलमा ईङल्यान्ड ९८ रनले बिजयी भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *