‘धुलो हो धुलो’ सार्वजनिक

डिसी नेपाल
१४ फागुन २०७६ १६:१८

काठमाडौं। आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘धुलो’को टाइटल गीत सार्वजनिक गरिएको छ।

‘धुलो हो…धुलो’बोलको गीतमा मनोजराज र रेजिना रिमालको आवाज सुन्न सकिन्छ। केशव मिश्रको शब्द, जोगले डंगोलको संगीत रहेको गीतको भिडियोमा चलचित्रभित्रका अचल दृश्यहरु समावेश गरिएको छ।

प्रद्युम्न मिश्र निर्देशित चलचित्र ‘धुलो’ सामाजिक विषयवस्तुमा निर्माण गरिएको छ। सुकुम्बासी बस्तिका गरिव गाडा चालकको दुःख, सपना, संघर्ष र जीवनशैलीलाई चलचित्रमा देखाइएको छ।

चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी र श्रृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बाल कलाकार सुदीप कार्की लगायतको अभिनय छ। नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको चलचित्रमा विशेष भूमिका रहेको निर्माण पक्षले जनाएको छ।

दीपा धरेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल रहेका छन्। चलचित्रलाई दर्शकले रुचाउनेमा निर्माण टिम आशावादी देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *