नेपाल प्रहरीको एआईजीमा लम्साल, थापा र पाल सिफारिस

डिसी नेपाल
१५ फागुन २०७६ १८:२०

काठमाडौं। नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि तीनजना नायव महानिरीक्षक (डीआईजी)हरुको नाम सिफारिस भएको छ।

बिहीबार गृह सचिव नेतृत्वको सिफारिस समितिले डीआईजीहरु तारणी लम्साल, शैलेष थापा र हरी बहादुर पाललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिस समितिको निर्णयपछि मन्त्रिपरिषदले प्रक्रिया पूरा गरेर उनीहरुलाई एआईजीमा नियुक्त गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *