नेपाल प्रहरीको एआईजीमा लम्साल, थापा र पाल सिफारिस
काठमाडौं। नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि तीनजना नायव महानिरीक्षक (डीआईजी)हरुको नाम सिफारिस भएको छ।
बिहीबार गृह सचिव नेतृत्वको सिफारिस समितिले डीआईजीहरु तारणी लम्साल, शैलेष थापा र हरी बहादुर पाललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।
बढुवा सिफारिस समितिको निर्णयपछि मन्त्रिपरिषदले प्रक्रिया पूरा गरेर उनीहरुलाई एआईजीमा नियुक्त गर्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment