गगन थापाले भने ‘बाबुरामको भनाइसँग पूर्ण सहमत’

डिसी नेपाल
१५ फागुन २०७६ १९:०८

काठमाडौं। नेपाली काँग्रेसका नेता गगन थापाले पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् संयोजक डा. बाबुराम भट्टराईले बुधबारको प्रतिनिधिसभा बैठकमा राखेको मागमा आफू पूर्ण सहमत भएको बताएका छन्।

भट्टराईले बुधबार आफूलगायत प्रधानमन्त्री बनेका सबै नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने बताएका थिए। सोही विषयमा पूर्ण सहत भएको भन्दै काँग्रेस नेता थापाले मन्त्रि बनेकाहरुको पनि सम्पत्ति छानविन गर्नुपर्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाबुराम भट्टराई ज्यूको भनाइसँग पूर्ण सहमत।‬ ‪प्रधानमन्त्री बनेकामात्रै होइन मन्त्री बनेका र शासकीय जिम्मेवारीमा बसेका हामी प्रत्येकको सम्पत्ति छानबिन गरौँ।‬‪ यस्तो जिम्मेवारी लिएका – लिइरहेकाले कसरी घर बनाएका छन् मात्रै होइन कसरी घर चलाएका छन् भन्ने पनि खोजी गरौं र नागरिकलाई थाहा दिऔँ।’


No ads found for this position

प्रतिक्रिया

One thought on “गगन थापाले भने ‘बाबुरामको भनाइसँग पूर्ण सहमत’

Leave a Reply

Your email address will not be published. Required fields are marked *