साउथ फिल्मका छायाँकारले छायाङ्कन गर्ने चलचित्र ‘टुल्की’लाई अभिनेत्री खोज्दै निर्देशक

डिसी नेपाल
१५ फागुन २०७६ २३:०९

काठमाडौं । कामको व्यस्तताले अभिनेत्री बेनिसा हमाल ‘टुल्की’बाट बाहिरिएसँगै निर्माण टिमले अडिसनबाट नयाँ अभिनेत्री खोज्ने भएको छ । गत वर्ष नै अभिनेत्री हमालले बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’कालागि सम्झौता गरेकि थिइन् ।

सम्झौता गरेको लामो समयसम्म पनि छायांकन सुरु नभएपछि उनले फिल्मबाट हात झिकेकी हुन् । तर, निर्देशक लक्ष्मण सुनार भने काममा व्यस्त भएका कारण बेनिशाले फिल्म गर्न नसकेको बताउछन्

‘टुल्की’ निर्माण टिमले एक अभिनेत्री र दुई अभिनेताका लागि ‘कास्टिङ कल’ आह्वान गरेको छ । चैत्रको दोस्रो साताबाट छायांकन सुरु हुन लागेको फिल्ममा काम गर्न इच्छुकले एक मिनेट लामो भिडियो बनाएर निर्माण टिमलाई पठाउनु पर्नेछ । इच्छुकले पठाएको भिडियोहरुबाट उत्कृष्टलाई छानेर अडिसनको लागि बोलाइने निर्देशक सुनारले जानकारी दिए ।

अडिसनबाट फिल्मको कथामा फिट हुने कलाकार नभेटे पुराना कलाकारलाई लिने सोचमा रहेको निर्देशक सुनारको भनाई छ । अडिसन आगामी मार्च १२ अर्थात् यही फागुन २९ गते गरिनेछ ।

पश्चिम नेपालका हिमाली जिल्लाहरु जुम्ला, मुगु र डोल्पामा छायांकन हुने छ । फिल्मलाई हरि श्रेष्ठ र शेखर लामाले निर्माण गर्दैछन् ।

साउथ फिल्मका चर्चित छायाँकार अरोन अशोक कुमार फिल्म ‘टुल्की’को छायाङ्कनका लागि नेपाल आउने भएका छन् । अशोक कुमारसँग सम्झौता भैसकेको निर्देशक सुनारले जानकारी दिए ।
निर्देशक सुनारले फिल्मको कथा तयार पारेका हुन् । कथामा आफूले निकै मिहेनत गरेको लक्ष्मणको भनाई छ ।




प्रतिक्रिया

One thought on “साउथ फिल्मका छायाँकारले छायाङ्कन गर्ने चलचित्र ‘टुल्की’लाई अभिनेत्री खोज्दै निर्देशक

Leave a Reply

Your email address will not be published. Required fields are marked *