५७ तस्वीरमा हेर्नुहोस् भोलिदेखि हुने एसीसी इस्टर्न टि–२० मा लागि नेपाली टिमको अभ्यास

डिसी नेपाल
१६ फागुन २०७६ १३:५०

काठमाडौँ । सन् २०२० को सेप्टेम्बरमा पाकिस्तानमा हुने ट्वान्टी–२० एसिया कप क्रिकेटको पहिलो खुट्किलो एसीसी इस्टर्न रिजन टि–२० भोलिदेखि थाइल्याण्डमा सुरु हुँदैछ । यसका लागि नेपाली टोली थाइल्याण्ड पुगिसकेको छ । नेपालसहित थाइल्यान्ड, मलेसिया, सिंगापुर र हङकङको सहभागिता रहने प्रतियोगितामा नेपाल विजेता बन्ने लक्ष्यमका साथ मैदानमा उत्रिनेछ ।

यो प्रतियोगिताका शीर्ष २ टोलीले अगस्टमा मलेसियामा आयोजना हुने एसिया कप छनोट खेल्न पाउनेछन् । छनोटमा पुग्ने वेष्टर्न रिजनका २ टिमको टुंगो लागिसकेको छ । वेस्टर्न रिजनका विजेता र उपविजेता यूएई र कुवेतसँग इस्टर्न रिजनका शीर्ष २ टोलीले एसिया कप छनोट हुनको लागि खेल्नेछन् । त्यो छनोटको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । एसिया कपमा एसियाका पाँच टेस्ट मान्यता प्राप्त देश भारत, बंगलादेश, श्रीलंका, अफगानिस्तान र पाकिस्तानसँगै छनोटको विजेता सहभागी हुनेछन् ।

भोलिदेखि फागुन २३ सम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल भोलि शनिबार मलेसियासँग खेल्नेछ । त्यसपछि नेपालले पर्सी आइतबार हङकङ, फागुन २१ बुधबार थाइल्यान्ड र फागुन २३ गते शुक्रबार सिंगापुरसँग खेल्नेछ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले उपलब्ध गराएका तस्वीरमा हेर्नुहोस् नेपालले यसरी गरिरहेछ अभ्यास –

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *