अनमोल, सुहानाले सुरु गरे ‘ए मेरो हजुर ४’को छायाँकन

डिसी नेपाल
१६ फागुन २०७६ १५:५४

काठमाडौँ। झरना थापाको निर्देशन तथा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिएको छ।

शुक्रबार काठमाडौँको कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्रको शुभमूहुर्त गरिएको थियो। शुभमूहुर्तसँगै चलचित्रको छायांकन सुरु गरिएको हो।

शुभमूर्हुतमा निर्देशक झरना, अभिनेता अनमोल, अभिनेत्री सुहानाका साथमा निर्माता सुनिलकुमार थापा, अर्का अभिनेता सलोन बस्नेतसहित चलचित्रको सम्पूर्ण टिम उपस्थित थियो।

काठमाडौँमा केही दृश्य खिचेर चलचित्र युनिट शुक्रबारनै पोखरा लाग्ने बताईएको छ। पोखरामा १० र काठमाडौँ र ललितपुरमा चलचित्रको ३० दिने छायांकन सेड्युल तय गरिएको छ। यस्तै अमेरिका, युरोप र ओमानमा चलचित्रको गीत खिचिने निर्देशक झरनाले बताइन्।

अनमोल र सुहानाले तेस्रो ‘ए मेरो हजुर ३’मा जोडी बाँधेका थिए। जसलाई दर्शकले निकै रुचाएका थिए। सुहाना झरनाकी छोरी हुन्। झरनाले आफ्नै निर्देशनमा छोरीलाई ‘ए मेरो हजुर ३’बाट नेपाली रजतपटमा डेब्यू गराएकी थिइन्। झरनाकै निर्देशनमा बनेका ‘ए मेरो हजुर २’ पनि बक्सअफिसमा सुपरहिट भएको थियो। ‘ए मेरो हजुर ४’ झरनाको तेस्रो निर्देशकीय चलचित्र हुनेछ। यो चलचित्रले पनि उत्तिकै सफलता पाउने अपेक्षा गरिएको छ।

सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्र आगामी वर्षको दशैंमा रिलिज गर्ने जनाईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *