आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि ध्यानाकर्षण

डिसी नेपाल
१६ फागुन २०७६ २२:१०

रुपन्देही । प्रदेश नं ५ का प्रदेशसभाका सदस्यले गर्मी शुरु भएसँगै आगलागीका घटना बढ्ने भएकाले समयमै सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकको विशेष समयमा सदस्यहरूले आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि समयमै सचेतना अपनाउन आग्रह गरे । बैठकमा प्रदेशसभा सदस्य खड्कबहादुर खत्रीले यो वर्ष पनि आगलागीका घटना शुरु भएकाले समयमै जनधनको नोक्सानी र वनमा लाग्ने डढेलो नियन्त्रणको व्यवस्था गर्न आग्रह गरे ।

सदस्य खत्रीले सरकारसँग गुल्मीको ईश्मामा भएको आगलागीका घटनाका पीडितलाई राहतको व्यवस्था गर्न माग गरे । अर्का सदस्य भुवनेश्वर चौधरीले गर्मीमा आगलागी र वर्षायाममा बाढी पहिरोका कारण हुने जनधनको क्षति रोक्न सरकारले समयमै सचेतना अपनाउनुपर्ने धारणा राखे।

बैठकमा प्रदेशसभाका अन्य सदस्य माला गोतामे सुनार, दीर्घनारायण पाण्डे, कमला विक, दिपा विकलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकमाथि आफ्ना धारणा राख्दै प्रदेशसभा सदस्य कल्पना पाण्डे, सुरेन्द्रबहादुर हमाल र भोजप्रसाद श्रेष्ठले वातावरणको संरक्षण, जैविक विविधता र नदी नाला संरक्षणका लागि विधेयक महत्वपूर्ण रहेको धारणा राखेको थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *