दसैंको फूलपातीमा ‘छक्का पञ्जा ४’
काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गर्ने चलचित्र ‘छक्का पञ्जा ४’ २०७७ सालको दसैंमा रिलिज हुने भएको छ।
चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले ‘छक्का पञ्जा ४’ आउँदो वर्षको फूलपाती (कार्तिक ७)मा रिलिज गर्ने बताएका छन्।
दीपकले आफूसहित निर्देशक दीपाश्री, कलाकार जितु नेपाल तथा केदार घिमिरेको तस्वीर फेसबुकमा पोस्ट गर्दै प्रदर्शन मिति उल्लेख गरेका हुन्।
‘छक्का पञ्जा’ सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गर्दै आएकी छिन्।
‘छक्का पञ्जा ३’पछि यो टिमले यसवर्ष चलचित्र ‘छ माया छपक्कै’ लिएर आएको थियो। त्यसयता दीपकराजले ‘छक्का पञ्जा ४’ को कथामा काम गरिरहेका थिए।
बैशाखबाट छायाँकनमा जाने तयारीमा रहेको चलचित्रको लागि अभिनेत्री भने फाइनल गरिएको छैन्। बुझिएअनुसार ‘छक्का पञ्जा ३’ जहाँबाट सकियो त्यहीबाट ‘छक्का पञ्जा ४’को कथा सुरु हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment