हुम्लाको चङ्खेलीमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध
-सांकेतिक तस्वीर
सिमकोट। हुम्लाको चङ्खेली गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ।
टेलिफोन अवरुद्ध हुँदा यहाँका स्थानीयवासी सञ्चारसेवाबाट बञ्चित भएका छन्। चङ्खेली गाउँपालिका–६ स्थित मेल्छामको मासिधारामा रहेको नेपाल टेलिकमको टावर बिग्रिएपछि सञ्चार सेवा अवरुद्ध बनेको हो।
माघ ८ गतेदेखि अवरुद्ध बनेको टेलिफोन सेवा मर्मत नहुँदा स्थानीय टेलिफोन सेवाबाट वञ्चित भएका हुन्। टेलिफोन सेवा अवरुद्ध हुँदा मेल्छाम, दार्मा, पुमा, मासिधारालगायत गाउँका स्थानीयवासी सञ्चार सेवाबाट बञ्चित बनेको दार्माका सपना ऐडीले बताइन्। टेलिकमका प्राविधिक आएर मर्मत गर्न खोज्दा मर्मत हुन नसकेर उनीहरु फिर्ता गएको ऐडीले बताइन्।
गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन्। एक महिना भयो, आफन्तजनसँग कुराकानी गर्न सकिएको छैन। कतिपय कामका लागि हिँडेर एक गाउँबाट अर्को गाउँ जानुपर्ने बाध्यता छ। यससम्बन्धी नेपाल टेलिकमलाई जानकारी गराएको भए पनि अहिलेसम्म मर्मतसम्भार गरिएको छैन्। गाउँमा टेलिफोन सेवा अवरुद्ध हुँदा वल्र्ड्िलङ्कबाट सामाजिक सञ्जालमा जोडिने गरेको यहाँका स्थानीयवासी बताउँछन्।
यस्तै जिल्लाको तल्लो भेगमा रहेको अदानचुली गाउँपालिकामा टेलिफोनमा समस्या देखिएको छ। मोबाइलमा नेटवर्क देखाउने गरे तापनि फोन नलाग्ने र फोन गर्न खोज्दा काटिने गरेको स्थानीयवासी कुसुम बुढाले बताइन्। उनले भनिन्, ‘एक महिनादेखि टेलिफोनले काम गरिरहेको छैन जिल्ला बाहिर रहेका आफन्तसँग फोनमा राम्रोसँग कुराकानी हुन पाएको छैन।’रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment