फिल्म शुटिङ्ग सम्बन्धि नीति ल्याउँदै सरकार

डिसी नेपाल
१७ फागुन २०७६ १७:५०

काठमाडौं। अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले एकद्वार नीतिबाट फिल्म शुटिङको व्यवस्था गर्न सरकारले काम गरिरहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित जनचेतना नेपालको छैठौं वार्षिक उत्सव तथा युवा अभिप्रेरणा, उत्प्रेरक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले फिल्म शुटिङ स्थल निर्माण गर्न र त्यसका लागि विभिन्न मन्त्रालयसँग समन्वय गरी एकद्वार प्रणाली मार्फत काम हुने गरी सरकारले काम गर्न लागेको बताए।

खतिवडाले लेखक, कलाकार र पत्रकारहरुलाई जीवन वृति दिने व्यवस्था समेत सरकारले गरिरहेको बताए। यो क्षेत्रका प्रतिभाहरुलाई राज्यले संरक्षण गर्नेमा कुनै दुविधा नरहेको समेत मन्त्री खतिवडाको भनाई छ।

लामो समयदेखि नेपालको आर्थिक समाजिक रुपमान्तरणमा कलाकारिताको क्षेत्र महत्वका साथ अगाडि बढेको समेत उनले बताए। मुलुकमा भएका ठूलाठूला परिवर्तनमा र नयाँ नेपाल निर्माणमा कलाकारहरुको भूमिका महत्वपूर्ण भएको समेत उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *