बाँस्काेटाकाे अडियो छानवीन गर्न देउवाको माग

डिसी नेपाल
१८ फागुन २०७६ १३:२५

काठमाडौं। प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन बित्दा पनि छानवीन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएको हप्तादिनभन्दा बढी समय भएपनि छानवीन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए।

उनले अडियोमा ‘हामी’ भनेर कसलाई भनिएको हो? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने बताए। ‘हप्ता पुग्दा पनि छानवीन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेका कसलाई भनेका हुन्? हामी भित्र को को पर्छन्? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानवीन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानवीन प्रभावित हुन्छ कि हुँदैन भन्दै उनले प्रश्न समेत गरे। ‘छानवीन गर्ने निकायले छानवीन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानवीन प्रभावित हुन्छ कि हुँदैन। छानवीन हुनुभन्दा पहिले तपाईँले निणर्य दिनुभयो भने तपाईंको बोलिको विश्वसनीयता कमजोर भएन?’, देउवाले प्रश्न गरे।

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। ‘नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीलाई १२ अर्ब कसरी लाग्यो?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफू प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

उनले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।  सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गरे।

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीलाई तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहन पनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित थिए।




प्रतिक्रिया

One thought on “बाँस्काेटाकाे अडियो छानवीन गर्न देउवाको माग

  1. नेपालको केटी ;- यो केटी चाहहि क्षेत्री रहैछ , त्यसमाथि पनि धेरै कुरा जानेको केटी : Korean man बोयफ़्रेंड रहिच। बिहे त भन्न सकिदैन , न नेपाली केटीले , गुरुंग मगर राइ लिम्बु जस्तो सोचन पनि सक्ला। त्यो नेपाली केटीको बोयफ़्रेंडले , नेपाली केटीसंग कुरा गरेको सुनेको ( रेस्टुराको अरु साइड तीर हामी नेपालीहरु थियो ) :- ” तिमिहरुको नेपालीहरु , जान्ने भन्ने की , नजानने भन्ने ? तर जेहोस , बाहिर बिदेशमा काम गर्न गए पनि , नेपालमा ल्याएर बिकास गर्ने , सिकाउने ,बाटो देखाउने , राम्रो राम्रो टेक्निक , शिपहरुको सिको गर्ने , नेपाल ल्याउने , गर्ने। जस्तो पायो त्यस्तो देश नजाने। जस्तो पायो त्यस्तो देश जान भन्दा , आफ्नो देशमा नै बसेर काम गर्ने , मेहनत गर्ने ( बिदेश जाने मनै भए 1 एकदिन आउछ ) . काम १४ घण्टा भन्दा बढ़ी गर्ने सुरु सुरुमा। घरका सबै मानिस , नातादार , कामदार , मालिक सबैले काम गर्ने। ” भनेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *