प्रचण्डलाई जुत्ता हान्ने तिरुवा भन्छन्ः भाषण मन परेन अनि हानेँ, यस्तो थियो भाषण (भिडियो)

डिसी नेपाल
१८ फागुन २०७६ १७:२६
32
Shares

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार जुम्लाका एक युवकले जुत्ता प्रहार गरेका छन्। जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवाले प्रचण्डको भाषण मन नपरेपछि आवेशमा आएर जुत्ता प्रहार गरेको प्रहरीलाई बयान दिएका छन्।

आइतबार राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारी स्मृति दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा आफ्नो भाषण सकेर बस्नै लागेका प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो।

भाषणमा प्रचण्डले नेता स्वर्गीय अधिकारीको प्रशंसामा धेरै समय खर्चिएका थिए। साथै उनले विश्वभर पूजिँवादीहरु हाबी भएको भन्दै नेपालमा पनि पूँजिवादीमाथि जित प्राप्त गर्न भरतमोहन अधिकारीको विचार महत्वपूर्ण हुने बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *