कोरोनाभाइरसको आशंकामा टेकु अस्पताल भर्ना भएका पाँचैजनाको रिपोर्ट नेगेटिभ

डिसी नेपाल
२० फागुन २०७६ १४:२०

काठमाडौं। कोरोनाभाइरस संक्रमण भएको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका पाँचजना बिरामीको स्वास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि दक्षिण कोरिया र चीनबाट आएमा ४ जना नेपाली र १ चिनियाँ नागरिक अस्पताल भर्ना भएका थिए ।

परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ। अहिलेसम्म नेपालमा १ जनामा मात्र कोरोनाभाइरस संक्रमण देखिएकोमा उनी ठिक भएर घर फर्किसकेका छन् । चीनबाट फर्केका उनलाई संक्रमण पुष्टि भएकोमा उनी ठिक भइसकेका हुन् ।

यसबाहेक अहिलेसम्म झण्डै २ दर्जन आइसोलेसनमा भर्ना भएको भए पनि अन्य कसैलाई पनि कोरोनाभाइर संक्रमण नभएको पाइएको छ । चीनबाट ल्याइएका १७५ जना नेपालीमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि नदेखिएपछि उनीहरुलाई पनि घर पठाइएको छ ।




प्रतिक्रिया