कोरोनाका कारण नेकपा बैठक स्थगित

डिसी नेपाल
२० फागुन २०७६ १८:५९

मान्म । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालीकोट जिल्ला कमिटी फागुन २२ र २३ गतेका लागि तय गरेको जिल्ला कमिटीको बैठक स्थगित गरेको छ । कोरोना भाइरसको सङ्क्रमण र उक्त महामारीलाई दृष्टिगत गर्दै जिल्ला कमिटीको बैठक स्थगित गरिएको जनाइएको छ ।

सरकारले ठूला सभासमारोह, भोजलगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेकाले बैठक स्थगित गर्नु परेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी कालीकोटका सचिव नगेन्द्रबहादुर शाहीले जानकारी दिए।

जिल्ला कमिटी कालीकोटको यही २०७६ साल फागुन २२ र २३ गते हुने भनिएको जिल्ला कमिटीको बैठक र प्रशिक्षण भेला कोरना भाइरस कारणले तत्काल भेला प्रशिक्षण गर्ने कुरा उपयुक्त नहुने हुँदा अर्को सूचना सम्प्रेषण नगर्दासम्मका लागि बैठक स्थगित सचिव शाहीले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *