त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना (फोटो फिचर)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै त्रिवि शिक्षण अस्पतालमा स्वतःफुर्त रुपमा सर्वसाधारण पुगेका छन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको प्ले कार्ड बोकेर सर्वसाधारण त्रिवि शिक्षण अस्पताल परिसरमा पुगेका हुन्।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो पटक मृगौला प्रत्यारोपण भइरहेको छ।

प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए। उनको प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गरिएको थियो।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गर्नेछिन्। यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

अहिले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सुरु भइरहेको छ भने देश तथा विदेशमा रहेका नेपालीहरुले उनलाई स्वास्थ्य लाभको कामना गरिरहेका छन् । काठमाडौँको पशुपतिनाथ मन्दिरमा स्वास्थ्य लाभको कामना गर्दै विशेष पूजा गरिएको छ।





No ads found for this position
Facebook Comment
One thought on “त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना (फोटो फिचर)”
Comments are closed.

डिसी नेपाल
Power of Money