‘हिरो रिटर्न्स’मा रेखा र सविनको एक्सन, ट्रेलर सार्वजनिक

डिसी नेपाल
२१ फागुन २०७६ १६:३३

काठमाडौं। नेपाली कथानक चलचित्र ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक गरिएको छ।

आउँदो बैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको बुधबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार अभिनेत्री रेखा थापा र अभिनेता सविन श्रेष्ठको एक्सनलाई प्राथमिकता दिईएको छ। साथै प्रेम र विछोडको कथालाई पनि ट्रेलरमा समेटिएको छ।

चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन्। चलचित्रमा दिल श्रेष्ठ र सरोज खनालको पनि शीर्ष भूमिका रहेको छ।

शिवम अधिकारीको लेखन रहेको चलचित्रमा भिम न्यौपाने र धुर्व न्यौपानेको लगानी रहेको छ।

चलचित्रमा मदन कास्यप घिमिरेको छायांकन, दीपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजले कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व निर्देशन तथा मित्र डि. गुरुङको सम्पादन रहेको छ।

चलचित्र निर्माण भएको २ वर्षपछि प्रदर्शनमा आउन लागेको हो।




प्रतिक्रिया