कुर्दिस्तानमा मनाइयो ग्याल्पो ल्होसार

डिसी नेपाल
२१ फागुन २०७६ १७:१०

कुर्दिस्तान । इराकको कुर्दिस्तानमा ग्याल्पो ल्होसार विशेष कार्यक्रम गरेर मनाइएको छ । हिमालयन शेर्पा युनिक ग्रुपको  आयोजनामा  २१४७ औं च्या फो–चिवा ल्हो राष्ट्रिय ग्याल्पो ल्होसार मनाइएको हो ।

कुर्दिस्तान, सुलेमानी  शहरको कुर्दोनिया  हलमा आयोजित उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार तथा मोडल तथा दुर्गेश थापा  र सेलो गायक तेम्बो लामा विशेष आकर्षणका रुपमा थिए । कार्यक्रम  हिमालयन शेर्पा युनिक ग्रुपका अध्यक्ष ठुलोकान्छा शेर्पाको  सभापतित्व तथा कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीका अध्यक्ष कमल तामाङको प्रमुख आतिथ्यमामा सम्पन्न भएको थियो

 

त्यस्तै कार्यक्रममा एनआरएनएका अध्यक्ष लाल काजी गुरुङ, , प्रवासी नेपाली  एकता समाजका अध्यक्ष नवीन कुमार लामा , नेपाली महिला समाज कुर्दिस्तानका अध्यक्ष निमडोमा शेर्पा , नेपाल तामाङ घेदुङका अध्यक्ष च्याङ्वा लामा, नेपाल मगर संघ शाखा कुर्दिस्तानका वरिष्ठ सल्लाहकार मेख गर्बुजा मगर र महासचिव ध्रुब आले मगर  कुर्दिस्तानमा भएका अन्य संघसंस्थाका पदाधिकारिहरूको विशेष उपस्थिति थियो।

औपचारिक कार्यक्रमको ग्रुपका महासचिव नोर्शाङ शेर्पाले सञ्चालन गरेका थिए, भने सांस्कृतिक कार्यक्रम एनआरएनएका उपाध्यक्ष राजिब थिङले सञ्चालन गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकार साजन शेर्पा, सोनिया तामाङ  ,कान्छा लामालगायतका कलाकारहरूले आफ्नो गायन प्रस्तुत गरेर कार्यक्रमको महल तताएका थिए  । त्यस्तै शर्मिला गुरुङ र टीका पुनले नृत्य प्रस्तुत गरेकी थिइन। सांस्कृतिक कार्यक्रमको सुरुवात सेप्रु नाचबाट सुरुवात भएको थियो।

आमन्त्रित अतिथि कलाकारद्वय दुर्गेश थापा  र तेम्बो लामाले आफ्नो प्रस्तुति दिदैँ उपस्थित भिडलाई भरपुर मनोरञ्जन गराएका थिए । कार्यक्रममा दुर्गेश थापाको  प्रस्तुतिको समय भिड लाई व्यवस्थापन गर्न निकै हम्मे हम्मे परेको थियो।

गायक तेम्बो लामाले सेलो गाउदै सबैलाई नचाए भने गायक दुर्गेश थापाले  वीर गोर्खाली भन्ने देशभक्ति भन्ने गीतबाट आफ्नो प्रस्तुती सुरु   गरेका थिए। मन देखिनै इराक डराउँदै आएको तर यहाँ आइपुगेपछि कुर्दिस्तानको माहोल हेर्दा खुशी लागेको बताएका थिए।

बिदाई कार्यक्रममा कलाकार द्वय दुर्गेश थापा र तेम्बो लामाले इराक कुर्दिस्तान सोचेको जस्तो खतरा नरहेको म्यासेज

नेपाल सम्म छाड्ने प्रतिबद्धता जनाए।




प्रतिक्रिया