भारतले औषधि रोकेपछि औषधि व्यवस्था विभागकाे आकस्मिक बैठक

खेमराज थापा
२१ फागुन २०७६ १७:०६

काठमाडौं। दक्षिण छिमेकी मुलुक भारतले सिटामोललगायतका २६ प्रकारका औषधि र त्यसको कच्चा पद्धार्थ निर्यातमा रोक लगाएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न औषधि व्यवस्था विभागको आकस्मिक बैठक बसेको छ।

भारतमा कोरोना भाइरसको संक्रमण फैलिएपछि उसले २६ प्रकारका औषधि र त्यसका कच्चा पद्धार्थ निर्यातमा मंगलबारदेखि रोक लगाएको छ।

नेपालमा यी औषधिको कच्चा पद्धार्थ भारतबाटमात्र आयात हुँदै आएको थियो। यसरी भारतले निर्यात रोकेपछि मौजादको अवस्थाबारे छलफल गर्न उत्पादक, वितरक र विभागबीच आकस्मिक छलफल भएको विभागका सूचना अधिकृत सन्तोश केसीले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘भारतको निर्णयपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक भयो। ३ महिनाका लागि मौजाद रहेको जानकारी आएको छ।’

उनले भारतसँग यो विषयमा कुटनीतिक रुपमा छलफल गर्नुपर्नेसमेत बैठकले निश्षर्क निकालेको बताए। उनले पारा सिटामोलको इन्जेक्शनमा समस्या आउन सक्ने बताए।

यस्तै कोरोना भाइरसको आतंकसँगै नेपालमा मेडिकल मास्कमा देखिएको अभावबारे पनि छलफल भएको छ।

सूचना अधिकृत केसीले केही व्यवसायीले कृतिम अभाव सिर्जना गरेको बताए। उनले वाणिज्य विभागले यसमा अनुगमन गरिरहेकोसमेत बताए।




प्रतिक्रिया