प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएकोमा दीप प्रज्वलन

डिसी नेपाल
२१ फागुन २०७६ २२:२६

काठमाडौं। प्रधानमन्त्री के पी ओलीको दोस्रो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको खबर बाहिर आउनासाथ स्वतःस्फुर्तरुपमा भेला भएका शुभेच्छुकहरुले दीप प्रज्वलन गरेका छन्

प्रधानमन्त्री ओली उपचाररत रहेको त्रिविशिक्षण अस्पताल परिसरमा भेला भएका उनीहरुले प्रधानमन्त्रको मिर्गौला प्रत्यारोपण सफल भएकोमा प्रसन्नता व्यक्त गरे।
अनेरास्ववियुका केन्द्रीय अध्यक्ष ऐन महर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा र खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना पनि सो खुसी साटासाटमा सामेल देखिएका थिए।

त्यसैगरी शिक्षण अस्पताल महाराजगन्जको हाताभित्र आयोजित दीप प्रज्वलन कार्यमा सभासदहरु नवराज सिलवाल, भुमि त्रिपाठी, झपट रावल, इन्दु गौतम र युवा संघका रमेश पौडेल लगायत दलका कार्यकर्ता र विभिन्न पेशा ब्याबसायमा सम्लग्न ब्यक्तिको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *