काठमाडौं जिल्ला प्रशासनले भन्यो – ‘होली लगायतका मेला, पर्व र उत्सव नगर्नू’

डिसी नेपाल
२२ फागुन २०७६ १२:२४

काठमाडौं। काठमाडौं जिल्ला प्रशासन कार्यालयले होली लगायतका मेला पर्व र उत्सव नगर्न अनुरोध गरेको छ । छिमेकी देश चीनलगायत विश्वका विभिन्न देशहरुमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) फैलिन सक्ने भन्दै प्रशासनले यस्तो आग्रह गरेको छ ।

प्रशासनले बिहीबार एक सूचना जारी गर्दै विश्व स्वास्थ्य संगठनले समेत नेपाल कोरोनाभाइरसको उच्च जोखिममा रहेको बताइसकेको र नेपाल सरकारले समेत भीडभाडमा नजान अनुरोध गरिसकेको उल्लेख गर्दै अर्को सूचना नभएसम्मका लागि काठमाडौं जिल्लाभित्र भीडभाड हुने कार्यक्रमहरु नगर्न अनुरोध गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *