ट्रक र स्कुटी ठोक्किँदा एकको मृत्यु

डिसी नेपाल
२४ फागुन २०७६ १५:४७

नेपालगञ्ज। बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित महेन्द्र राजमार्गमा ट्रक र स्कुटी ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

नेपालगञ्जदेखि दाङतर्फ जाँदै गरेको भे९प ७८१७ नंको स्कुटी र कोहलपुरतर्फ आइरहेको लु२ख २३४० नंको ट्रक एकापसमा ठोकिँदा स्कुटी चालक कपिलवस्तु निवासी विष्णु बेल्वासेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पवीन्द्र बमले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा स्कुटी चालक बेल्बासेकी श्रीमती विन्दु बेल्बासे र छोरी बिपनाको अवस्था गम्भीर रहेको छ । घाइते दुवैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

दुवै सवारीसाधन तीव्र गतिमा रहेकाले एकापसमा ठोकिँदा मानवीय क्षति हुन पुगेको प्रहरी चौकी ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुमार केसीले जानकारी दिए। उनका अनुसार दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिई कानूनी कार्वाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *