भारतमा अलपत्र परेकी नेपाली किशोरीको उद्वार

डिसी नेपाल
२४ फागुन २०७६ १६:१४

चन्द्रौटा। भारतको गोरखपुरमा अलपत्र परेकी एक किशोरीको उद्वार गरिएको छ । कपिलवस्तु नगरपालिका वडा न ८ निवासी १६ वर्षिया किशोरीको भारतीय प्रहरीको सहयोगमा शान्ति पुनःस्थापना गृहले उद्वार गरेको हो ।

शिवरात्रीका दिन मेला हेर्न जान्छु भनेर हिँडेकी किशोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरी समक्ष खोजिदिन आग्रह गरेका थिए । खुनुवा नाका हुँदै भारत प्रवेश गरेको सूचनाका आधारमा भारतीय प्रहरीसँग समन्वयन गरी उद्वार गर्न सफल भएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भुमीराज भट्टराईले बताए।

उद्धार गरिएकी किशोरीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमार्फत परिवारको जिम्मा लगाइएको छ । किशोरीलाई कसले किन लग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *