चट्याङले टेलिकम सेवा अवरुद्ध

डिसी नेपाल
२४ फागुन २०७६ १८:४८

सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ भीमसेनडाँडामा रहेको नेपाल टेलिकमको टावरलाई चट्याङले क्षति पुर्याउँदा सेवा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देललले शनिबार विहान परेको चट्याङले सो डाँडामा रहेको टावरको उपकरणलाई क्षति पु¥याएको जानकारी दिए।

कुन उपकरणमा कति क्षति पुगेको हो भन्ने विवरण प्राप्त नभएको उनले बताए।

चट्याङका कारण टावर नजिकै रहेका पाँच घरका विद्युतको मिटरबक्समा क्षति पुगेको जनाइएको छ ।

नेपाल टेलिकमका लेखा अधिकृत बसुधरा खड्काले टावरमा चट्याङ पर्दा पूरै क्षति भएको, मर्मत गर्न प्राविधिक टोली आइतबार आउने र छिटोभन्दा चाँडो सेवा सञ्चालनमा ल्याउने जानकारी दिइन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *