पूर्वराजा ओली सरकारबिरुद्ध आक्रामक, दिल्लीमा अर्को गठबन्धनको आशंका

डिसी नेपाल
२६ फागुन २०७६ ८:०४

काठमाडौं। भारतको भ्रमण गरेर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारप्रति निकै आक्रामकरुपमा प्रस्तुत हुन थालेका छन्।

विभिन्न मठ मन्दिर दर्शनपछि भारतका धार्मिक नेतासमेतलाई भेटेर फर्केका पूर्वराजा ज्ञानेन्द्र भारतमा हुंदै नेपाली कांग्रेसका नेताहरु पनि दिल्ली यात्रामा पुगेका र तीनतिर फर्केका राप्रपाका दुई घटकका तीन नेता पनि मिल्न तयार भएका सन्देशहरु दरबारनिकटकाले सार्वजानिक गर्न थालिसकेका थिए।

काकताली परेको होस् वा पूर्वराजा र भारतीय संस्थापनको योजनाबद्ध पहलकदमीकै प्रतिफल होस् कमल थापा, पशुपतिसमशेर र प्रकाशचन्द्र लोहनी तीनैजाना अध्यक्ष घोषित भई राप्रपा एकीकरण गर्ने सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। र, संवैधानिक राजतन्त्र व्युँताउने प्रस्ताव पनि पारित गरेका छन्। अर्थात् हालको व्यबस्था उल्टाउने वा संविधानबिरुद्ध गतिविधि गर्ने गरी एकीकृत पार्टी अघि बढ्ने भएको छ।

कुनै ठूलो रक्तपातविना नै सर्लक्क गद्दी छाडेर नागार्जुन गएका पूर्वराजा ज्ञानेन्द्र हिजोआज सरकारविरोधी आक्रामक सन्देशहरु जारी गरिरहँदा कांग्रेसका केही नेतासहित दक्षिणपन्थी गठबन्धनको नेतृत्व पूर्वराजाले गर्न खोजेका त होइनन् भन्ने आशंका राजनीतिक बृत्तमा चलेको छ।

कांग्रेसभित्र पनि हिन्दु धर्मका नाममा राजनीति गर्ने उपयुक्त पात्रको खोजी जारी देखिन्छ। धर्मको आडमा घुमाउरो तरिकाले नै सही संवैधानिक राजतन्त्रको वकालत गर्ने लाइनमा माथिल्लो दर्जाका एकथरी कांग्रेसीहरु खुल्न थाले भने आश्चार्य हुने छैन।

अझ कुनै ठूलो रक्तपातविना नै सर्लक्क गद्दी छाडेर नागार्जुन गएका पूर्वराजा ज्ञानेन्द्र हिजोआज सरकारविरोधी आक्रामक सन्देशहरु जारी गरिरहँदा कांग्रेसका केही नेतासहित दक्षिणपन्थी गठबन्धनको नेतृत्व पूर्वराजाले गर्न खोजेका त होइनन् भन्ने आशंका राजनीतिक बृत्तमा चलेको छ।

किनकि, पूर्वराजाले पछिल्ला दिनहरुमा एउटा ट्वीटर ह्याण्डल बनाई सरकारविरोधी प्रहार शुरु गरेका छन्। मार्च ८ मा कोरोनाको प्रकोपभन्दा कालोबाजरी बढेकोमा निन्दा गर्दै सरकारले खासै कदम नचालेको आरोप लगाएका छन् भने सोही दिन विहान २.३० बजे ट्वीट गर्दै कारोनाको उच्च जोखिममा डब्ल्युएचओले भने पनि यसको सामना गर्ने गरी अस्पतालको अवस्था, बजारमा सेनिटाइजर, मास्क, हवाई अड्डाको चेक जाँच के कस्तो छ भन्दै सरकारसँग जवाफ माग गरेका छन्।

मार्च ४ मा धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको डडेलो फैलिएको र समयमै नियन्त्रण गर्न नसक्दा देशलाई गम्भीर धार्मिक द्वन्द्वमा फसाउने सम्भावना भएको भन्दै धर्म निरपेक्षताका विपक्षमा आफूलाई उभ्याएका छन्।

सरकारविरुद्धको पूर्वराजाको प्रहार, संविधानविपरीत धर्मनिरपेक्षताको विरोधमा आउन थालेको उनको अभिव्यक्तिले राप्रपाको एकता र कांग्रेसभित्र हिन्दुराष्ट्रका पक्षधरको संभावित गठजोडलाई संकेत गर्न थालेको छ।

त्यो पनि भारत भ्रमणबाट फर्केपछि। जी शाह (ज्ञानेन्द्र शाह) नाम उल्लेख गरी खोलिएको पूर्वराजाको सो ट्वीटर ह्याण्डलमा पूर्वराजाको आधिकारिक ट्वीटर भएको उल्लेख पनि गरिएको छ। यो ट्वीटर ह्याण्डले यही फेब्रुअरी २ मा खोलिएको हो।

यी घटनाक्रमहरुले उनको सक्रिय शासनकालमा सशस्त्र विद्रोहरत तत्कालीन माओवादी र आन्दोलनरत कांग्रेस र एमालेलगायतका सात दलहरुका बीच भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौताको प्रतिउत्तरमा भारतको भूमिमै हिन्दु राजतन्त्रवादीहरुका बीचको अर्को दिल्ली सम्झौताको भइसकेको संकेत दिएको छ।

यस्तो गठबन्धनले कस्तो ताकत देखाउला त्यो अहिले नै भन्न नसकिए पनि १२ बुँदे दिल्ली सम्झौताको विरोधमा उग्ररुपमा प्रकट हुने गरेका दरबारनिकटस्थ बुद्धिजीवीहरु भने अप्ठेरोमा परेका छन्।

उनीहरु आफैंले भारतले गराएको १२ बुँदेले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामा घात गरेको तर्क गर्दै आएकोमा पूर्वराजा, राप्रपा र केही कांग्रेसीका बीचमा भारतीय भूमिमै भएको सम्झौताले के भन्ने भन्ने अन्यौल बढेको छ। त्यो १२ बुँदेले दिल्लीको हस्तक्षेप निम्त्याएको भन्ने दरबारवादी बुद्धिजीवीहरु यो गठबन्धनलाई पवित्र मान्न तयार होलान्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *