काठमाडौँमा होलीका दिन दिउँसै कडा ट्राफिक चेकिङ (फोटो फिचर)

डिसी नेपाल
२६ फागुन २०७६ १०:३४

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटना रहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको छ।

महाशाखा आज होलीका दिन दिउँसै राजधानीको कोटेश्वर, ग्वार्को, कलंकी, गोंगबु लगाएत अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच गरिरहेको छ ।

तीव्र गतिमा सवारी साधन नचलाऔं, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, आदि प्ले कार्ड बोकेर सवारी चालकहरुलाई ट्राफिक प्रहरीले सचेत पनि गरेका छन्।

मोटरसाइकलमा तीन जना नराखौं, जिकज्याक वा लापरवाही तरिकाले सवारी नचलाउन आग्रह गरेका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती तथा मोवाईल चेकिङ्ग गरिरहेको बताए

उनले भने –“ मुख्यतयः उपत्यकामा दुर्घटना कम गर्ने उद्देश्यका साथ नियमित बाहेक थप ट्राफिक प्रहरीहरू तथा मो.सा.मा समेत ट्राफिक प्रहरीहरू गरि जम्मा ५६६ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ।”

सबै तस्बिर : रमण मानन्धर/डिसी नेपाल डटकम

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *