थ्री स्टार सेमिफाइनलमा

डिसी नेपाल
२६ फागुन २०७६ १७:०८

काठमाडौं । थ्री स्टार क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार भएको खेलमा गान्तोक सिटी एफसी सिक्किमलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।

थ्री स्टारको जितमा सुशन श्रेष्ठले दुई गोल गरे । यस्तै संजोक राईले एक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा थ्री स्टारले तीन गोल गर्यो ।

खेलको ७९ औं मिनेटमा संजोकले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । त्यसपछि इन्जुरी समयमा सुशनले दुई गोल गर्दै थ्री स्टारलाई ३–० को जित दिलाए । उनको इन्जुरी समयको दोस्रो र तेस्रो मिनेटमा गोल गरेका थिए ।

अब थ्री स्टारले सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिस आयोजक सहारा क्लब पोखरालाई हराएर सेमिफाइनल पुगिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *