प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, डिस्चार्ज ‘एकदुई दिनमै’

डिसी नेपाल
२७ फागुन २०७६ १६:५३

काठमाडौं। गएको बुधबार मिर्गौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको चिकित्सकहरुले बताएका छन्। त्रिवि शिक्षण अस्पतालमा बुधबार पत्रकार सम्मेलन गरी ओलीकी निजी चिकित्सक प्रा.डा( दिव्या सिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिइन्।

मंगलबार ओलीको मिर्गौला प्रत्यारोपण भएको एक हप्ता पुगेको छ। पत्रकार सम्मेलनमा चिकित्सक शाहले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने समयबारे भने निर्णय भइनसकेको जानकारी दिइन्। उनले एकदुई दिनमै डिस्चार्ज गरिने सम्भावना रहेको बताइन्।

उनले अस्पतालबाट डिस्ीचार्ज भए पनि प्रधानमन्त्री ओलीले लामो समय आराम गर्नुपर्ने बताइन्। उनले पूरै ठिक हुन ओलीलाई ६ महिना पनि लाग्न सक्ने बताइन्। उनले ६ महिनाभन्दा अघि ओलीले भीडभाडमा जान नहुनेसमेत बताइन्।

ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको पनि स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। उनको डिस्चार्जबारे पनि केही खुलाइएको छैन।

पहिलो पटक २०६४ मा मिर्गौला प्रत्यारोपण गराएका ओलीको त्रिवि शिक्षण अस्पतालमा गएको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो।




प्रतिक्रिया

One thought on “प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, डिस्चार्ज ‘एकदुई दिनमै’

  1. नेपाली श्रमिक विदेश गएर यिनलाई पाल्न ७० प्रतिशत कम भयो आज को दिन मा /
    अब को ६ महिना येस्तै हुने हो भने बिचरा ६०१ को के गति होला? भोलि कतै यिनी हरु नै कहिले खुल्ला र खाडी मा काम गर्न जाउला को स्थिति न आउला त ?
    २०४६ देखि २०७६ सम्म प्रजातन्त्र , लोकतन्त्र र गणतन्त्र को नाम मा जनता चुस्नु सम्म चुसे अब कोरोना virus ले यिन का बराजु का बिहा देखौन पो लाग्यो त /

Leave a Reply

Your email address will not be published. Required fields are marked *